ग्लोबल आइएमई बैंकले दियो फोटो पत्रकारलाई प्रेस ज्याकेट
काठमाडौं, १९ जेठ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ । आइतबार एक बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेलाई उक्त ज्याकेट हस्तान्तरण गरेका हुन् ।
ज्याकेट हस्तान्तरण गर्दै नायव महाप्रबन्धक रेग्मीले प्रेस ज्याकेटले फोटो पत्रकारहरुलाई बन्दाबन्दीको अवस्थामा रिपोर्टिङमा जाँदा सहज हुने अपेक्षा रहेको बताए ।