Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

होटलमा क्वारेन्टाइन बस्दा लाग्ने निर्धारित शुल्कमा हानले गर्‍यो संशोधन

होटलमा क्वारेन्टाइन बस्दा लाग्ने निर्धारित शुल्कमा हानले गर्‍यो संशोधन

काठमाडौं, १९ जेठ । बाहिरी मुलुकबाट आउने नेपालीले होटललाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्दा लाग्ने शुल्कमा होटल एशोसिएशन नेपाल (हान)ले संशोधन गरेको छ । देशभित्रका होटलहरूलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न हानले रू. ३ हजारदेखि रू. १६ हजारसम्म शुल्क तोकेको थियो ।
तर निर्धारित शुल्क महँगो भएको गुनासो आएपछि हानले शुल्कमा संशोधन गरेको छ, जसअनुसार संघले पर्यटकीय स्तरका होटलको शुल्क घटाएको हो । नयाँ संशोधित शुल्कअनुसार एकतारे तथा पर्यटकीय स्तरका होटलमा क्वारेन्टाइनको रूपमा बस्ने नेपालीले ३ हजार रुपैयाँ तिर्नुपर्नेछ ।
यस्ता होटलमा बस्नेले एउटा कोठा प्रयोग गरे उक्त रकम र दुईजनाले एउटै कोठा प्रयोग गरे ४ हजार रुपैयाँ शुल्क प्रतिदिन तिर्नुपर्ने व्यवस्था गरिएको हानले बताएको छ । यसअघि पर्यटकीय स्तरको होटल प्रयोग गर्नेले प्रतिव्यक्ति ५ हजार रुपैयाँ तोकिएको थियो भने सोही कोठा दुईजनाले प्रयोग गरे ६ हजार रुपैयाँ शुल्क तोकेको थियो ।
यसैगरी पाँचतारे तथा डिलक्स रिसोर्ट क्वारेन्टाइनको रूपमा प्रयोग गर्दा प्रतिव्यक्ति १६ हजार रुपैयाँ र एक रूममा दुई जना बस्दा प्रतिव्यक्ति १० हजार, चारतारे होटलका लागि १४ हजार र दुईजनाले प्रयोग गर्दा ८ हजार, तीन र दुईतारे होटलमा बस्दा प्रतिव्यक्ति १० हजार र दुईजना बसेमा प्रतिव्यक्ति ६ हजार रुपैयाँ उल्लेख छ । क्वारेन्टाइन अवधिमा दैनिक ४ छाक खाना, आवश्यक आधारभूत सेवा सुविधा, सञ्चार, पानी, बिजुली सुविधा उपलब्ध गराइने बताइएको छ ।
मुलुकभर रहेका २० हजार कोठा क्वारेन्टाइन बनाउन सकिने हानले बताएको छ । आफ्ना सदस्य होटलहरूसँग मुलुकभर गरी ५० हजारदेखि ६० हजारसम्म बेड क्षमता रहेको हानले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x