Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोभिड–१० विरुद्ध लड्न नेपाललाई एबीडीको ३० अर्ब ऋण सहायता

कोभिड–१० विरुद्ध लड्न नेपाललाई एबीडीको ३० अर्ब ऋण सहायता

काठमाडौं, १९ जेठ । ‘कोभिड–१९ एक्टिभ रेस्पोन्स एण्ड एस्पेन्डिचर सपोर्ट (केयर्स) प्रोग्राम’का लागि सोमवार नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी)बीच ३० अर्ब ऋण सहायता सम्बन्धी हस्ताक्षर भएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाललाई एडीबीले २५० मिलियन अमेरिकी डलर (३० अर्ब रुपैयाँ) सुहलियतपूर्ण ऋण सहयोग गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको समुपस्थितिमा भएको उक्त सम्झौतामा नेपालका तर्फबाट अर्थ सचिव शिशिर ढुंगाना र नेपालका लागि एडीबीका देशीय निर्देशक मुख्तर खामुदखानोभले हस्ताक्षर गरेका हुन् ।
‘कोभिड १९ विरुद्धको लडाइँमा नेपाल सरकारलाई गरेको यो सहायताका लागि एडीबीलाई धन्यवाद व्यक्त गर्दछौं,’ अर्थ सचिव ढुंगानाले भने, ‘यसबाट सरकारले कोरोना प्रभावितका घोषित राष्ट्रिय राहत कार्यक्रममा सहयोगका साथै सार्वजनिक स्वास्थ्य प्रणाली मजबुत बनाउन र सामाजिक सुरक्षा र रोजगारी सृजनामा समेत टेवा पुग्नेछ ।’
साथै अहिलेको चुनौतीपूर्ण समयमा नेपाललाई आगामी दिनमा समेत सहयोगका लागि एडीबी पूर्ण प्रतिबद्ध रहेको देशीय निर्देशक खामुदखानोभले बताएका छन् । ‘कोभिड–१९ विरुद्ध लड्न र यो महामारीको प्रभाव न्यूनीकरणमा यो कार्यक्रमको कार्यान्वयनका लागि हामी नेपाल सरकारसँग मिलेर काम गर्नेछौं,’ उनले भने ।
यो एडीबीको सहुलियतपूर्ण ऋण हो, जुन बजेटरी सपोर्टको रूपमा प्रदान गरिनेछ । यसले कोरोनाको परीक्षण प्रयोगशाला बढाउँदै सार्वजनिक स्वास्थ्य प्रणाली मजबूत बनाउन, सबै प्रदेशमा क्वारेन्टाइन स्थापना गर्न, प्रकोप रोकथाममा स्वास्थ्य सेवाको गुणस्तर उकास्न, सामुदायिक संक्रामक रोग नियन्त्रण र उपचार, पर्याप्त स्वास्थ्य उपकरणसहितको स्वास्थ्य पूर्वाधार निर्माण, स्वास्थ्य सामग्रीको आपूर्तिका साथै दक्ष चिकित्सक तथा डाक्टरको सेवा विस्तारमा सघाउने उल्लेख छ ।
यो कार्यक्रमले विशेषगरी गरिब तथा विपन्नलाई सरकारलाई महामारीको कारण आर्थिक तथा सामाजिक क्षेत्रमा परेको असर न्यूनीकरणका लागि पनि सहयोग गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x