यात्रु चार्टर उडान र टिकट बिक्री नगर्न निर्देशन
काठमाडौं, २४ जेठ । नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेकका सबै उड्डानमा रोक लगाएको छ । प्राधिकरणले शनिबार साँझ सूचना जारी गर्दै आजैका मितिदेखि ट्राभल एजेन्सी र एयरलायन्सले गर्दै आएका चार्टर उडानलाई रोक लगाएको हो ।
त्यस्तै सरकारसँग अनुमति नलिइ टिकट बिक्री गर्दै यात्रु चार्टर हुन् थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले शनिबार प्राधिकरणलाई चार्टर उडानमा कडाई गर्न निर्देशन दिएको थियो । सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११ देखि आन्तरिक व्यवसायिक उडानमा रोक लगाएको छ ।