Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सन्राइज बैंक तथा नेपाल शैक्षिक परामर्श संघद्वारा लेखा तथा कर नीतिसम्बन्धी तालीम सम्पन्न

सन्राइज बैंक तथा नेपाल शैक्षिक परामर्श संघद्वारा लेखा तथा कर नीतिसम्बन्धी तालीम सम्पन्न

काठमाडौं, जेठ २९ । सन्राइज बैंक लिमिटेड तथा नेपाल शैक्षिक परामर्श संघको संयुक्त आयोजनामा लेखा तथा कर नीतिसम्बन्धी लामीम सम्पन्न भएको छ । परामर्श केन्द्रका सम्पूर्ण सदस्यलाई लक्षित गरी उक्त कार्यक्रम वेबिनारमार्फत सोमवार सम्पन्न भएको हो ।
कार्यक्रममा लेखा ज्ञान तथा नेपाल सरकारले आव २०७७÷७८ का लागि बजेटमार्फत परिवर्तन गरिएका विभिन्न करका दरहरू, कर विवरण र कर दाखिला समयसीमाका बारेमा चार्टर्ड एकाउन्टेण्ट तथा करविज्ञ अरुण राउतले अभिमुखीकरण गरेका थिए । शैक्षिक परामर्श व्यवसाय जस्तो सेवा प्रदान गर्ने व्यावसायले भोगेका लेखा तथा कर सम्बन्धी विभिन्न समस्याको निदानको बारेमा उनले प्रकाश पारेका थिए ।

कार्यक्रममा परामर्श केन्द्रका वर्तमान अध्यक्ष प्रकाश पाण्डे लगायत वरिष्ठ पदाधिकारीद्वारा वेबिनार मार्फत जोडिएका सदस्यहरूले उठाएका लेखा तथा कर सम्बन्धी जिज्ञासाको व्यावहारिक समाधानको बारेमा प्रकाश पारिएको थियो । साथै यस सम्बन्धी कार्यक्रमको भिडियो रेकर्ड युट्युब च्यानलमा राखी सबै सदस्य तथा सरोकारवालाहरूलाई लाभासन्वत बनाइने बैंकले बताएको छ ।
सन्राइज बैंकले विगतमा पनि देशका बिभिन्न ठाउँमा गएर आधारभूत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम दिँदै आएकोमा यसपालि भने डिजिटल माध्यमबाट उक्त कार्यक्रम संचालन गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x