Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

हस्तकला व्यवसायलाई कोभिडबाट बचाउँन आन्तरिक खपत बढाउँनु पर्ने

हस्तकला व्यवसायलाई कोभिडबाट बचाउँन आन्तरिक खपत बढाउँनु पर्ने

काठमाडौं, २९ जेठ । नेपाल हस्तकला महासंघले कोभिड–१९ ले हस्तकला क्षेत्रमा पर्न गएको असरलाई कम गर्न सरकारी स्तरबाटै आन्तिरिक खपत वृद्धि गर्ने नीति ल्याउँनु पर्ने बताएको छ । बिहीबार बागमति प्रदेशका सांसद्हरुसँग गरिएको अन्तक्र्रिया कार्यक्रामा महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले कोभिडले हस्तकला व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको बताएका हुन् । कार्यक्रममा अध्यक्ष शाक्यले ठूलो मात्रामा रोजगारी सृजना गर्ने हस्तकला व्यवसायलाई सरकारले विशेष रुपमा ध्यान दिनु पर्ने र यो क्षेत्रबाट सृजना भएको रोजगारी गुम्न नदिने नीति ल्याउँन आवश्यक रहेकोे बताए । नेपाली कर्चा पदार्थबाट उत्पादन भएका हस्तकलाका सामाग्री सरकारी कार्यालय र विभिन्न निकायमा खपत भए आयातित त्यस्ता वस्तुबाट निर्यात हुने पुँजी रोकिने र अझ धेरैले रोजगारी प्राप्त गर्न सक्ने वातावरण हुने उनको भनाई छ ।

त्यस्तै महासंघका पूर्व अध्यक्ष धर्मराज शाक्यले बागमति प्रदेशले हस्तकला व्यवसाय गर्ने व्यवसायीहरुलाई न्यून व्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने बताए । बागमति प्रदेशमा रहेका १३ वटै जिल्लामा हस्तकलाका सामाग्री बनाउँन आवश्यक पर्ने कच्चा पदार्थ प्रसस्त मात्रामा उपलब्ध भए पनि त्यसको पहिचान नभएकोले प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्ने उनको भनाई छ । त्यस्तै सो प्रदेशका एक जिल्लाबाट अर्काे जिल्लामा आवश्यक कच्चा पदार्थ ओसारपसार गर्न पनि प्रदेश सरकारले सहयोग गर्नुपर्ने शाक्यले बताए । नेपालमा उत्पादन भएका विभिन्न सामाग्रीहरु राज्य र राष्ट्र सेवकहरुले प्रयोग गर्ने नीति ल्याउँन सांसद्हरुले पहल गर्नुपर्ने आवश्यक रहेको शाक्यको भनाईं छ ।

नेपालबाट झण्डै २० अर्ब रुपैयाँको हस्तकलाका सामाग्री निर्यात हुने गरेले विदेशी मुद्रा आर्जन गर्न यो क्षेत्रको महत्वपूर्ण भूमिका रहेको शाक्यले बताए । उनका अनुसार करिव १० अर्ब रुपैयाँको हस्तकलाका सामाग्री आन्तरिक खपत हुने गरेको छ ।

त्यसैगरी कार्यक्रममा उपस्थित प्रदेश सांसदहरुले हस्तकला क्षेत्रबाट सरकारसँग गरिने माग परम्परागत शैलिका भएकाले यसलाई परिमार्जन गर्न आवश्यक रहेको बताए । हस्तकलाका क्षेत्रका माग राख्दा महासंघले राज्यलाई नै सोच्न बाध्य हुने किसिमका माग राख्नु पर्ने सांसद्हरुको धारणा छ । जसमा हस्तकलाको औद्योगिक ग्राम निर्माण गर्न आवश्यक पूर्वाधार माग गर्नुपर्ने सांसदहरुको भनाई छ । त्यसमा आफूहरुले महासंघलाई सहयोग गर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x