सेञ्चुरी बैंकको वार्षिक प्रतिवेदन एवं वार्षिक साधारणसभा स्थगित
काठमाडौं, २९ जेठ । सेञ्चुरी कमर्सियल बैंकको वार्षिक प्रतिवेदनका साथै वार्षिक साधारणसभा स्थगित भएको छ । बैंकको आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ८,४१,५४,७१,५७६.३० को ४.७५ प्रतिशतले हुन आउने रकम रू. ३९,९७,३४,८९९.८७ वितरण गर्न स्वीकृत प्राप्त भएकोमा हाल कोभिड–१९ को महामारीले कारण हुन नसकेकाले अर्काे सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको बताइएको छ ।
तथापि उक्त स्वीकृत नगद लाभांशको ३ प्रतिशत रकम अर्थात् रू. २५,२४,६४,१४७.२८ बाट आवश्यक लाभांश कर कट्टी गरी हुन आउने लाभांश रकम रू. २३,९८,४०,९३९.९२ २०७६ फाुगन ३० गते कायम रहेका शेयरधनीहरुलाई अन्तरिम लाभांशको रुपमा सम्पूर्ण शेयरधनीहरू÷लगानीकर्तालाई प्रदान गरिने बैंकले जानकारी दिएको छ । साथै, बाँकी रहेको नगद लाभांश र बोनश शेयर वार्षिक साधारणसभा भएपश्चात् वितरण गरिने कम्पनीले बताएको छ ।