Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

लकडाउनयता औषधि र खाद्यान्नको आयात उच्च

लकडाउनयता औषधि र खाद्यान्नको आयात उच्च

काठमाडौं, ३० जेठ । नेपालमा लकडाउन लागू भएयता हालसम्म आयात भएका वस्तुहरूमा औषधि र खाद्यान्नको हिस्सा सबैभन्दा धेरै छ । लकडाउनको ७८औं दिनसम्ममा १ खर्ब १० अर्ब रुपैयाँको वस्तु आयात भएकोमा औषधि, खाद्यान्न र विभिन्न कच्चापदार्थको परिमाण धेरै रहेको भन्सार विभागको तथ्यांकले देखाएको हो ।
विभागको तथ्यांकका अनुसार सो अवधिमा ४ अर्ब ६ करोडको तयारी औषधि, १ अर्ब ७ करोड बराबरको औषधिका कच्चापदार्थ आयात भएको छ । उक्त अवधिमा २ लाख ४२ हजार ८ सय २० टन खाद्यान्न, ६८ हजार १ सय ९३ टन दलहन, ८६ हजार २ सय ९४ टन तरकारी र ३४ हजार टन फलफूल र १२ हजार २५७ टन दुग्ध पदार्थ भित्रिएको छ । समग्रमा खाद्यान्नको आयात ४ अर्ब ५३ करोड ३२ लाख बराबरको भएको छ ।
यसैगरी १३ करोड ९७ लाख रुपैयाँको डिजेल, ६ करोड १ लाख रुपैयाँको पेट्रोल, ८ करोड २७ लाख बराबरको एलपी ग्यास भित्रिएको छ । यस अवधिमा अत्यावश्यक वस्तुको आयात धेरै रहेको छ । लकडाउन गरेको शुरुआती दिनमा ५० देखि ६० करोड बराबरको वस्तु आयात हुने गरेकोमा पछिल्ला दिनमा दैनिक ३ अर्बसम्मको आयात हुन थालेको भन्सार विभागले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x