Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मध्यपहाडी लोकमार्ग : खर्च गर्न नसकेपछि ४ अर्ब फिर्ता हुँदै

मध्यपहाडी लोकमार्ग : खर्च गर्न नसकेपछि ४ अर्ब फिर्ता हुँदै

काठमाडौं, ३० जेठ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग आयोजनाले रू. ४ अर्ब ३७ करोड फिर्ता हुने भएको छ । लकडाउन जारी रहँदा निर्माणको काम कम भएकाले सो आयोजनाको उक्त रकम फिर्ता हुन लागेको बताइएको छ ।

सरकारले चालू आवमा सो आयोजनाका लागि रू. १२ अर्ब विनियोजन गरेको थियो । आयोजना अन्तर्गत पाँच योजना कार्यालयमार्फत निर्माणको काम अघि बढिरहेको छ । ती योजनाले सडक र पुलका गरी गत फागुनसम्म १४० ठेक्का सम्झौता गरेकामा बन्दाबन्दीको अवधिमा जम्मा ३४ ठेक्कामा मात्रै काम भएको निर्देशनालयका प्रमुख दीपक केसीले बताएको राससमा उल्लेख छ ।
सरकारले बन्दाबन्दीको घोषणा गर्नासाथ निर्माणस्थलमा रहेका अधिकांश कामदार घर फर्किएका थिए । सरकारले राष्ट्रिय गौरवको आयोजनाको निर्माण पुनः सञ्चालन गर्ने निर्णय गरे पनि काम गर्न सहज वातावरण नबनेको निर्देशनालयले बताएको छ ।

सडक विभागका कतिपय आयोजनामा जनशक्तिसँगै निर्माण सामग्रीको समेत अभाव रहेको छ । यो आयोजनामा भने निर्माण भइरहेका स्थानमा निर्माण सामग्रीको अभाव छैन । विगतका वर्षहरुमा सडक कालोपत्रको काम अन्तिम चौमासिकमा हुने गरेकामा अन्तिम चौमासिकको शुरुसँगै जारी बन्दाबन्दीले प्रगति कम रहेको छ ।

मध्यपहाडका जिल्लाको जीवनस्तर उकास्नका लागि राष्ट्रिय यातायात नीति, २०५८ मा मध्यपहाडी लोकमार्गको परिकल्पना गरिएको थियो । यसको ६ वर्षपछि आव २०६४÷६५ बाट निर्माणको काम नै शुरु गरियो । लोकमार्गले मध्यपहाडका २५ जिल्लाका करिब ३०० बस्तीलाई जोड्दै ७५ लाखभन्दा बढी नागरिक लाभान्वित हुने विश्वास गरिएको छ । सडकको लम्बाइ एक हजार ७०० किमी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x