Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

रोजगारीका लागि ‘हायर मी नेपाल’ परियोजना संचालन गरिदै

रोजगारीका लागि ‘हायर मी नेपाल’ परियोजना संचालन गरिदै

काठमाडों, ३० जेठ । नेशनल एकेडेमी फर फाइनान्सीयल सर्भिसेस प्रा. लि. ले ‘हायर मी नेपाल’ परियोजना संचालन गर्ने भएको छ। रोजगारदातालाई चाहिएको जनशक्ती पाउन महंगो विज्ञापन गर्नुपर्ने, परिक्षा, अन्तरवार्ता र छनोटको लामो प्रक्रिया संचालन गर्नुपर्ने तथा सिप र क्षमता भएका रोजगारी चाहनेलाई उपयुक्त ठाँउमा पुग्न नसकेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले उक्त परियोजना संचालन गर्न लागेको हो ।

आगामी साउन पहिलो साताबाट संचालन गर्ने लक्ष्य लिईएको उक्त परियोजनाले एक वर्षमा पाँच लाख र दुई वर्षमा दश लाख श्रमिक र कामदारको अद्यावधिक रेकर्ड राखि ५० हजारलाई रोजगारी दिलाउने लक्ष्य लिएको छ। परियोजनालाई सातै प्रदेशमा प्रभावकारी रूपमा संचालन गर्नका लागि सम्पर्क कार्यालय संचालन गरिने छ ।

कोरोना संक्रमण र लकडाउनको कारण विश्वव्यापी आर्थिक मन्दीबाट करोडौ मानिस बेरोजगार हुने देखिएकाले रोजगारी सृजनामा यो परियोजना उपयुक्त हुने एकाडेमीका अध्यक्ष रमेश कुमार भट्टराईले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x