Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको कर्जा मिनाहा

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको कर्जा मिनाहा

काठमाडौं, ३० जेठ । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ विभाग अन्तर्गत कर्जा लिएका सदस्य, संरक्षकको मृत्यु वा सदस्यको परियोजनामा आगलागी भई क्षती व्यहोरेकाहरुलाई राहत प्रदान गरेको छ। बैंकले उनीको कर्जा मिनाहा, काजकिरिया खर्च तथा आगलागीको क्षती बापत राहत वितरण गरेको जनाएको छ।

बैंकको शाखा कार्यालय सल्यानटार, धादिङबाट लघु कर्जा लिएका कैली दमिनी र महाराजगञ्ज, काठमाडौंबाट लघु कर्जा लिएका कान्छी मर्हजनको असमायिक निधन भएकाले उनीहरुले उपभोग गर्दै आएको कर्जाको साँवा र व्याज तथा काजकिरिया रकम १ लाख ८ हजार ७ सय १७ रुपैंया र १ लाख १४ हजार ८० रुपैंया मृतकका परिवारलाई प्रदान गरेको जानकारी दिएको छ। यस्तै बैंकको ग्राहक सदस्य धुनिवेसी ७, खानीखोलाकी दुर्गा भण्डारीको श्रीमानको निधन र टोखा २, बानियाटारकी मैया बानियाको श्रीमानको मृत्यु भएकाले काजकिरिया खर्च वापत दुबै परिवारलाई ५ हजार रुपैयाँ प्रदान गरेको छ। बैंकको शाखा कार्यालय धार्के, धादिङबाट लघु कर्जा लिएका राधाकृष्ण कार्कीले संचालन गर्दै आइरहेको कुखुरापालन परियोजना आगलागि भई क्षती पुग्न भएकाले राहत स्वरुप ५ हजार रुपैयाँ प्रदान गरेको जनाएको छ।

बैंकको विभिन्न शाखा कार्यालयहरुवाट कुल २ लाख २७ हजार ७ सय ९७ कर्जा मिनाहा तथा राहत वितरण गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x