Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लकडाउन खुकुलो बनाइ अर्थतन्त्र चलायमान बनाउने सरकारी निर्णयको चेम्बरद्वारा स्वागत

लकडाउन खुकुलो बनाइ अर्थतन्त्र चलायमान बनाउने सरकारी निर्णयको चेम्बरद्वारा स्वागत

काठमाडौं, ३० जेठ । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनलाई खुकुलो बनाउदै अर्थतन्त्र चलायमान बनाउने सरकारको निर्णयलाई नेपाल चेम्बर अफ कमर्सले स्वागत गरेको छ। स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, व्यापारमा खुकुलो गर्ने, काठमाडौं उपत्यका सहित जोखिम कम भएका क्षेत्रहरुमा जोर विजोर प्रणाली लागु गरेर सवारी साधन सञ्चालन गर्ने आदि निर्णय स्वागतयोग्य भएको चेम्बरले जनाएको छ।

अहिलेको अवस्थामा बन्द भएका आर्थिक गतिविधिहरु चलायमान बनाउन लकडाउन खुकुलो गर्नै पर्ने अवस्था रहेता पनि कोरोना संक्रमण फैलन नदिन विशेष कदमहरु संगसंगै लैजानु पर्ने सुझाव चेम्बरको छ। अनिवार्य मास्कको प्रयोग, सामाजिक दुरी कायम गर्ने, भेला हुलमुल नगर्ने, जथाभावी नथुक्ने, स्यानीटाइजेशन गर्ने, साबुन पानीले हात धुने आदि कार्यलाई निरन्तर पालना गर्ने र गराउने गर्नु पर्ने भन्दै उपत्यका आउने नाकाहरुमा निगरानी गरी अन्य कुनै पनि तरिकाबाट लुकिछिपी उपत्यका आउने क्रम रोकी उपत्यका लगायत मुख्य शहरहरुका आर्थिक क्रियाकलाप चलायमान बनाउनु जरुरी रहेको चेम्बरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

साथै आउने दिनहरुमा सरकारबाट अवस्था हेरी अन्य क्षेत्र तथा व्यवसायहरु समेत क्रमिक रुपमा खुकुलो बनाउँदै जान चेम्बरको सुझाव छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x