Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

हरियो अकबरे खुर्सानीको मूल्य ५१ प्रतिशत घट्यो, घिउ सिमी र च्याउँको मूल्य बढ्यो

हरियो अकबरे खुर्सानीको मूल्य ५१ प्रतिशत घट्यो, घिउ सिमी र च्याउँको मूल्य बढ्यो

काठमाडौं, ३१ जेठ । गत २४ घण्टामा अधिकांश फलफूल तथा तरकारीको मूल्य यथावत रहेको छ भने कतिपयको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार शनिबार (आज) हरियो अकबरे खुर्सानीको मूल्य अत्याधिक घटेको छ । हिजो प्रति केजी १ सय ९५ रुपैयाँ तोकिएको उक्त खोसानीको मूल्य आज १ सय रुपैयाँ घटाएर ९५ रुपैयाँ मात्र तोकिएको छ ।

त्यस्तै मूल्य घट्ने फलफूल तथा तरकारीहरुमा सेतो लोकल मूला २५ प्रतिशत, सानो गोलभेडा २१.४३ प्रतिशत, डल्ले हरियो फर्सी २१ प्रतिशत, डल्ले च्याउ २० प्रतिशत, हरियो लाम्चो फर्सी १८.१८ प्रतिशत र माछे हरियो खुर्सानी १८ प्रतिशतले रहेका छन् ।

आज लोकल सेतो मूलाको मूल्य प्रतिकेजी ९ रुपैयाँ तोकिएको छ भने गोलभेडा सानोको मूल्य प्रतिकेजी २२ रुपैयाँ तोकिएको छ । तुने बोडीको प्रतिकेजी मूल्य २८ रुपैयाँ तोकिएको छ भने डल्ले च्याउको मूल्य प्रतिकेजी २ सय ३५ रुपैयाँ तोकिएको छ । हरियो डल्लो फर्सीको मूल्य प्रतिकेजी २२ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी आज मालदह आँप, हरियो अंगुर, भटमासकोशा, हाईब्रीड घिउ सिमी र लोकल घिउ सिमीको मूल्य बढेको छ । आज लोकल घिउ सिमीको मूल्य प्रतिकेजी ३३ रुपैयाँ तोकिएको छ भने हाइब्रीडको मूल्य प्रतिकेजी ३८ रहेको छ । त्यस्तै मालदह आँपको मूल्य प्रतिकेजी ६५ रुपैयाँ तोकिएको छ । हिजो यो आँपको मूल्य ५५ रुपैयाँ मात्र थियो । कागती, केरा र स्वाउको मूल्य भने हिजो कै मूल्य यथावत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x