Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

११ महिनामा लक्ष्यको ५७ प्रतिशत मात्र राजस्व संकलन

११ महिनामा लक्ष्यको ५७ प्रतिशत मात्र राजस्व संकलन

काठमाडौं, ३१ जेठ । कोरोना महामारी र लकडाउनका कारण सरकारी राजस्व संकलनमा प्रत्यक्ष प्रभाव परेको देखिएको छ । चालू आर्थिक वर्षको ११ महिना अवधिमा सरकारको राजस्व संकलन लक्ष्यको ५७ प्रतिशत मात्र हासिल भएको छ । चालू आवमा ११ खर्ब १२ अर्ब ३३ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्ममा ५७ दशमलव ४३ प्रतिशत आम्दानी भएको महालेख नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको राससमा उल्लेख छ ।
यो अवधिमा ६ खर्ब ३८ अर्ब ६१ करोड ३२ लाख राजस्व संकलन भएको छ । यसैगरी कर आम्दानीतर्फ ५७ दशमलव ५६ प्रतिशत उपलब्धि भएको छ । करतर्फ रू. १० खर्ब ९ अर्ब १६ करोड १८ लाख संकलनको लक्ष्य रहेकामा रू. ५ खर्ब ८० अर्ब ८८ करोड ६३ लाख आम्दानी भएको छ । साथै गैरकर आम्दानी भने ५६ दशमलव १२ प्रतिशत भएको छ ।
पूर्वअर्थसचिव रामेश्वर खनालका अनुसार सरकारी संयन्त्रको संस्थागत क्षमतामा कमी हुँदा लक्ष्य अनुसार विकास खर्चमा कमी भएको हो । सरकारले नीति मात्र बनाएर खर्च नबढ्ने भएकाले काम गर्ने परम्परा समेत परिवर्तन गरी खर्च नीतिलाई स्पष्ट बनाएमा लक्ष्य अनुसार बजेट खर्चमा वृद्धि हुने उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x