हिमालयन क्यापिटलमा डिम्याट तथा मेरो शेयर खाता खोल्न पैसा नलाग्ने
काठमाडौं, ३१ जेठ । हिमालयन क्यापिटलमा असार मसान्तसम्म डिम्याट तथा मेरो शेयर खाता खोल्ने ग्राहकलाई शूल्क नलाग्ने भएको छ । सरकारले आगामी वर्ष २०७७÷७८ को बजेटमा नै अनलाईन शेयर कारोबारलाई अनिवार्य गरेपछि क्यापिटलले ग्राहकलाई आकर्षित गर्न यस्तो योजना ल्याएको हो ।
साथै सहज शेयर कारोबार तथा लगानी गर्न चाहाने नेपाली नागरिकहरुले यस कम्पनीको वेवसाइटबाट डीम्याट खाता र मेरो शेयरको लागि आवश्यक आवेदन डाउनलोड गर्न सक्ने व्यवस्थ गरिएको क्यापिटलले जनाएको छ । उक्त रितपुर्वक भरिएको आवेदन फारम क्यापिटलको सम्बन्धित ठेगानामा पठाउँन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डले गत बैशाख २६ गते आगामी साउन १ गतेबाट धितोपत्र कारोबार अनिवार्य विद्युतीय माध्यममार्फत गर्नुपर्ने निर्देशन दिएको थियो । सोहि अनुरुप हितग्राही खाता खेलेका सम्पूर्ण ग्राहकहरुलाई क्यापिटलले मेरो शेयर खाता खोल्दा लाग्ने शुल्कमा आगामी असार मसान्तसम्म छुट दिएको छ ।