क्रिप्टोकरेन्सी अब सान्दर्भिक भएको हो ?
अर्थको अर्थ (टेकफ्लो डट स्पेस) । अभूतपूर्व कोरोना भाइरस महामारी (कोभिड–१९) ले निरन्तर विश्व अर्थतन्त्रलाई क्षतिग्रस्त बनाइरहेको छ । नयाँ सोचहरु जसलाई असान्दर्भिक र अवैधानिक मानिन्थ्यो, त्यी पुनः सान्दर्भिक भएका छन् । यी मध्ये ब्लकचेन प्रविधि तथा भर्चुअल/क्रिप्टो करेन्सी एक हो ।
धितोपत्र बोर्ड नेपालको २८औं वार्षिकोत्समा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भर्चुअल करेन्सीको सान्दर्भिकताका र नेपाली अर्थतन्त्रमा यसको सकारात्मक प्रभावका सम्बन्धमा धारणा राखेका छन् ।
यो भिडियो लिंकमा उनका धारणा सुन्न पाइन्छ । त्यसमध्ये केही यहाँ प्रस्तुत गरिएको छ ।
‘आम मानिहरुमा अहिले आएका नयाँ औजारहरुको बारेमा जानकारी दिन आवश्यक छ, खासगरी सूचना प्रविधि सम्बन्धित उदाहरणका लागि भर्चुअल करेन्सी, भर्चुअल ट्रेन्ड्स, क्राउड सोर्सिङ र क्लाउड सोर्सिङ तथा हाम्रो आफ्नै वित्तिय औजारहरु,’ उनले भनेका छन् ।
मन्त्री खतिवडाले नयाँ प्रविधिका सम्बन्धमा मानिसहरुलाई जानकार गराउन र वित्तिय संस्थाले यसका पहलहरुमा समन्वय गर्न आग्रह गरेका छन् ।
‘हामीले नयाँ अवधारणहरु विकास गर्नुपर्छ, त्यसका आधारमा अर्थमन्त्रालय, राष्ट्र बैंक, बीमा समितिको जिम्मेवारी विभाजन गर्नुपर्छ र कारोबारीहरुमार्फत् यस्ता सूचनाहरु आम सर्वसाधरणमा पु-याउनुपर्छ ।’
नेपाल राष्ट्र बैंक्ले बिटक्वाइन र क्रिप्टोकरेन्सीलाई वित्तिय साधनको अवैध स्वरुपका रुपमा व्याख्या गरेको छ । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन र २०१९ सालको विदेशी विनिमय नियमन ऐनका आधारमा यो भनेको हो । नयाँ प्रविधका सम्बन्धमा अर्थमन्त्रीबाटै यस्तो सुन्न पाउँदा यसले उत्साह जगाएको छ ।
अर्थमन्त्री खतिवडा आफैंमा प्रसिद्ध अर्थशास्त्री हुन् । जसले मुलुकमा र अन्तर्राष्ट्रिय जगतमा विभिन्न महत्वपूर्ण पदमा रहेर काम गरेका छन् । उनले दुईपटक राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा काम गरे । नेपाल राष्ट्र बैंकको गर्भर तथा संयुक्त राष्ट्रसंघको श्रीलंकास्थित मिसनमा दुई वर्ष वरिष्ठ अर्थशास्त्रीका रुपमा काम गरेका छन् । उनी अर्थमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीका रुपमा दुई ओटा महत्वपूर्ण मन्त्रालयको कार्यभार सम्हालेका छन् । यसर्थ पनि डा. खतिवडा प्रविधिको प्रभावका सम्बन्धमा खासगरी वित्तिय क्षेत्रका आधुनिक प्रविधिका सम्बन्धमा अत्यन्त राम्रो जाकारी राख्छन् ।
नेपालका छिमेकी दुई ठूला अर्थतन्त्र चीन र भारतले ब्लकचेन प्रविधिबाट व्यापक फाइदा लिइरहेको परिप्रेक्ष्यमा नेपालका अर्थमन्त्रीले यस्तो खुला छलफलमा भाग लिनुलाई व्यवहारिक र बुद्धिमतापूर्ण मान्नुपर्छ ।
इन्टरनेट सिर्जित, सूचना आदानप्रदानको एउटा माध्यमले सूचनालाई निःशुल्क जस्तै बनाइरहेको छ । ब्लकचेन टेक्नोलोजीले मूल्य हस्तान्तरण (ट्रान्सफर) मा पनि यस्तै समान काम गर्छ । उदाहरणको लागि, रेमिट्यान्स (विप्रेषण) को उदाहरण लिऔं । विश्व बैंकका अनुसार, धेरै बैंक र मनि ट्रान्सफर सञ्चालकहरुले धेरै शुल्क लिने गरेका छन् । जसको कारण वैदेशिक रोजगारको लाभमा कटौती भएको छ । गत वर्ष नेपालले ८ अर्ब अमेरिकी डलभन्दा बढी रेमिट्यान्स प्राप्त गरेको छ । औसतमा रेमिट्यान्सको लागत ६.७ प्रतिशत छ । यसको अर्थ नेपालमा रेमिट्यान्स भित्रदाँ ५३ करोड ६० लाख अमेरिकी डलचर खर्च हुने गरेको छ । त्यसकारण ब्लकचेन प्रविधिका माध्यमबाट लागत घटाउँदा नेपाललाई ठूलो फाइदा पुग्ने देखिन्छ ।
अर्थमन्त्रीले भनेजस्तै नयाँ प्रविधि उपयोग गर्ने वातावरण बनाउन बैंक, बीमा कम्पनी तथा कारोबारीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । जुनसुकै देशमा पनि वित्तिय क्षेत्र उच्च नियमनको वातावरणमा रहन्छ । सरकारका स्वीकृतिमा यस्ता नयाँ प्रविधि एकीकृत गर्न वित्तिय संस्थाहरु उदार हुने आशा गर्न सकिन्छ । सबैंको संयुक्त प्रयासले नेपालमा ब्लक चेन प्रविधि विस्तारको लागि अनुकुल वातावरण निर्माण हुनसक्छ ।
ब्लकचेन प्रविधि तथा क्रिप्टो करेन्सीमा संसारकै चासो छ भन्ने पुष्टी भैसकेको छ । यसमा राष्ट्रहरु र आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी), विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुको समेत चासो रहेको छ । अर्थमन्त्री खतिवडाले पुँजी बजारको नियामक धितोपत्र बोर्डको वार्षिकोत्सवका क्रममा सामयिक र उपयुक्त समयमा यो अभिव्यक्ति दिएका छन् । हामीले उनको सोच र दुरदृष्टिलाई सम्मान गर्नुपर्छ ।