Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतले पारित

संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतले पारित

काठमाडौं, ३१ जेठ । प्रतिनिधिसभाको शनिवारको बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतले पारित गरेको छ । निशान छापमा नयाँ नक्सा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा प्रतिनिधि सभा बैठकमा उपस्थित २५८ जना नै सांसदले मत दिएका हुन् ।
संविधानको धारा ९ को उपधारा २ अनुसारको अनुसूची–३ मा नेपालको निशान छापसम्बन्धी व्यवस्था उल्लेख छ । यसअघि उक्त निशान छापमा भएको नक्सामा नेपालका कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायत भूभाग समेटिएको थिएन । भारतद्वारा अतिक्रमित सो क्षेत्रहरू समेट्दै सकारले गत जेठ ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो ।
त्यसपछि जेठ १८ गते प्रतिनिधिसभामा सरकारले नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पेश गरेको थियो ।
सरकारले ल्याएको संशोधनको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा नेपाल, समाजवादी पार्टी, राप्रपा, जनमोर्चा र नेमकिपाले मतदान गरेका हुन् । उक्त विधेयक अब राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिबाट लागू भएपछि नेपालको निशान छाप परिवर्तन हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x