Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

लगानी बोर्डको सिईओका लागि दरखास्त माग

लगानी बोर्डको सिईओका लागि दरखास्त माग

काठमाडौं, ५ असार । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। तत्कालिन सिईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर भएसँगै बोर्डको सिईओ पद रिक्त छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रकाशन गरेको सूचनामा योग्यता पुग्ने ईच्छुक व्यक्तिले १५ दिनभित्रमा दरखास्त दिन सक्ने भनिएको छ। अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरी परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैङ्किङ, वित्तीय क्षेत्र तथा औद्योगिक व्यवस्थापनमा १० वर्ष काम गरेको इच्छुक व्यक्तिले आवेदन दिन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x