राष्ट्र बैंकले थप्यो नागरिक बचतपत्रको विक्री अवधि
काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८२ को निष्कासनको विक्री अवधि थप गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत पाँचवर्षे अवधिका लागि विक्री गर्न लागिएको उक्त बचतपत्रको अवधि यही असार २९ गतेसम्मका लागि बढाइएको बताएको हो ।
रू.४ अर्ब बराबरको ‘नागरिक बचतपत्र २०८२’ नाम दिइएको उक्त बचतपत्रमा वार्षिक नौ प्रतिशत व्याज प्राप्त हुनेछ । ब्याजकर लाग्ने भए पनि छर छ महीनामा भुक्तानी हुने व्यवस्था गरिएको छ राससमा उल्लेख छ । घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ रू. १० हजारले भाग गर्दा निषेश भाग जाने अंक बराबरको खरीद गर्न पाइने व्यवस्था गरिएको छ ।
नेपाली नागरिकले मात्र खरीद गर्न पाउने उक्त बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन पाउने सुविधासमेत दिइएको छ । बैंकले गत जेठ १ गतेदेखि जेठ मसान्तसम्म मात्रै सो बचतपत्र विक्री गर्ने बताएको थियो । लकडाउन तथा कोरोनालगायतका कारणले गर्दा अवधि थप गरिएको बताइएको छ ।