Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोरोना महामारीले विश्व व्यापारमा १८.५ प्रतिशत कमी

कोरोना महामारीले विश्व व्यापारमा १८.५ प्रतिशत कमी

असार १०, स्वीट्जरल्याण्ड । विश्वव्यापी कोरोना महामारीका कारण विश्वको व्यापार गतवर्षको तुलनामा यस वर्ष ठूलो कमी आएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ)ले बताएको छ । गत वर्ष २०१९ को दोस्रो त्रैमासको तुलनामा २०२० को यसै अवधिमा विश्व व्यापार करीब १८ दशमलव ५ प्रतिशत घट्ने डब्ल्यूटीओले बताएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउन लगायत उपायका कारण विश्वको व्यापार खस्किएको हो । समीक्षा अवधमिा वस्तु व्यापार ३ प्रतिशत खुम्चिएको बताइएको छ ।
महामारीका कारण व्यापारमा आउने कमी सन् २००८ र ०९ को विश्वव्यापी वित्तीय संकटको तुलनामा धेरै हुने संगठनले २ महिनाअघि नै उल्लेख गरेको थियो । महामारीका कारण यस वर्ष विश्व व्यापारमा १३ प्रतिशतदेखि ३२ प्रतिशतसम्म ह्रास आउने सक्ने प्रक्षेपण डब्ल्यूटीओले गरेको छ । एजेन्सी

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x