Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

एनआइसी एसिया लघुवित्तको ४७ करोड ५५ लाख बराबरको आइपीओ निष्कासन

एनआइसी एसिया लघुवित्तको ४७ करोड ५५ लाख बराबरको आइपीओ निष्कासन

काठमाडौं, १० असार । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको ४७ करोड ५५ लाख बराबरको आइपीओ आजबाट निष्कासन खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरमा ४७ लाख ५५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

आइपीओमा लगानीकर्ताले असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा सबै बिक्री नभएमा ढिलोमा असार २४ गतेसम्म बिक्री खुला रहनेछ ।

यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने
छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ । हाल यस संस्थाको चुक्ता पुँजी १ अर्ब ४५ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *