Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

देशभर रोपाइँ शुरू, रासायनिक मल अभाव कायमै

देशभर रोपाइँ शुरू, रासायनिक मल अभाव कायमै

काठमाडौं, १० असार । मनसुन सक्रिय भएसँगै यति बेला देशभर रोपाइँ शुरू भइसकेको छ । उपत्यकाका केही ठाउँसहित धादिङ, मकवानपुर, कास्की बाग्लुङ, झापा, पाँचथर, बारा, पर्सा, दाङ, प्युठान, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत जिल्लाका किसानले धमाधम धानबाली लगाउन थालेका छन् । तर किसानले भने पर्याप्त मात्रामा मल पाउन सकेका छैनन् ।
यस वर्ष कुल ४ लाख ५७ हजार मेट्रिकटन मल ल्याउने सरकारको योजना थियो । तर हालसम्म ३ लाख ३५ हजार ५ सय मेट्रिकटन मात्र आइपुगेको बताइएको छ । ७१ हजार ५ सय मेट्रिकटन युरिया र ५० हजार मेट्रिकटन डीएपी गरी १ लाख २१ हजार ५ सय मेट्रिकटन मल आउन बाँकी रहेको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले बताएको छ ।
यसमध्ये ४५ हजार मेट्रिकटन डीएपी कोलकाता र २१ हजार ५०० मेट्रिकटन युरिया गुजरातमा रोकिएको छ भने बाँकी आउने क्रममै रहेको बताइएको छ । कोलकातामा गत फेब्रुअरीदेखि रोकिएको २५ हजार मेट्रिकटन डीएपी मलमध्ये हालसम्म ५ हजार मेट्रिकटन मात्र आइपुगेको छ ।
जेठदेखि साउनसम्मको अवधिमा ७० हजार मेट्रिकटन युरिया, ४० हजार मेट्रिकटन डीएपी आवश्यक पर्ने गर्छ । तर यतिबेला सरकारसँग ६ हजार मेट्रिकटन युरिया, ११ हजार मेट्रिकटन डीएपी र ४ हजार ३ सय मेट्रिकटन पोटास मौज्दात छ । समयमै मल आपूर्ति हुन नसके यस वर्ष धान उत्पादन घट्ने अनुमान विज्ञहरूले गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x