एनआईसी एसिया बैंकद्वारा ३० लाख बीमा दाबी भुक्तानी

काठमाडौं, १० असार । एनआईसी एसिया बैंकले घातक रोग उपचार बीमा वापत दुई जनालाई जनही १५–१५ लाख रुपैयाँका दरले ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

चामत्कारिक बचत खाता ‘डायमन्ड’ श्रेणीमा खाता खोलेका नवलपरासीस्थित भुमई निवासी दीपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चामत्कारिक बचत खाता ‘डायमन्ड’ श्रेणीको खाता खोलेका काठमाडौंस्थित बूढानिलकण्ठ निवासी वसन्तराज कुँवरकी श्रीमती पूजा कुँवरको क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।

श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दाबी रकम बैंकले भुक्तानी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *