Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

संसदको बजेट अधिवेशन अन्त्य

संसदको बजेट अधिवेशन अन्त्य

काठमाडौं, १८ असार । संघीय संसद्को वर्षे अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को वर्षे अधिवेशन आज साँझदेखि अन्त्य गर्ने निर्णय गरेको हो । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले साँझ ५ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका थिए । राष्ट्रपतिसँगको छलफलपछि केही बेर मात्रै बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकपछि बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक शुरू भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x