Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लकडाउनयता करीब ४ लाख मेट्रिक टन खाद्यान्न आयात

लकडाउनयता करीब ४ लाख मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं, १८ असार । लकडाउन शुरू भएयता नेपालमा करीब ४ लाख टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार लकडाउनको ९७ दिन अवधिमा ३ लाख ९० हजार ८७१ मेट्रिक टन खाद्यान्न, ९८ हजार १५७ मेट्रिक टन दलहन, १ लाख १३ हजार ७७२ मेट्रिक टन तरकारी, ४४ हजार ३३० मेट्रिक टन फलफूल, १२ हजार ४६० मेट्रिक टन दुग्धजन्य पदार्थ आयात गरिएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा ५ अर्ब ४८ करोड ३१ लाख २७ हजार मूल्यबराबरको तयारी औषधि तथा १ अर्ब ६७ करोड ९३ लाख १ हजार मूल्यबराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।
चैतको तुलनामा क्रमशः वैशाख र जेठमा खाद्यान्न, दलहन र औषधिजन्य सामग्रीको आयात बढेको बताइएको छ । यस्तै वैशाखको तुलनामा तरकारी, फलफूल र दुग्धजन्य पदार्थको आयात जेठमा घटेको छ । जेठ महिनाको दोस्रो सातामा आयातित तरकारी र फलफूलको आयातमा कमी आएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x