Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

दुई दिन उछाल देखिएको नेप्से परिसूचकमा बिहीबार नकारात्मक सर्किट

दुई दिन उछाल देखिएको नेप्से परिसूचकमा बिहीबार नकारात्मक सर्किट

काठमाडौं, १८ असार । लकडाउनपछि कारोबार सुरु भएको दोस्रो र तेस्रो दिन उछाल देखिएको शेयर कारोबारमा चौथो दिन बिहीबार (आज) गिरावट आएको छ । नेप्से परिसूचकमा लगातार दुई पटक ५ प्रतिशत र ६ प्रतिशत नकारात्मक सर्किट लागेपछि बजार खुलेको १ घण्टा ४० मिनेटमा आजका लागि कारोबार बन्द गरिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब २५ अंकले गिरावट आएको भएपनि दोस्रो र तेस्रो दिन भने उच्च अंकले वृद्धि भएको थियो । आज नेप्से परिसूचकमा ८०.४१ प्रतिशतले गिरावट आई १२५६.११ विन्दुमा रोकिएको छ । शेयर कारोबार ६.०२ प्रतिशतले घटेको हो ।

त्यस्तै १४२ कम्पनीको १० लाख ६१ हजार ८ सय ९० कित्ता शेयर ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँमा खरिद विक्री भएको छ । आज म्यूचुअल फण्डबाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । म्यूचुअल फण्ड समूहको ०.१ प्रतिशतले परिसूचकमा वृद्धि आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x