पुनर्बीमा कम्पनीको कामकाजी अध्यक्षको जिम्मेवारी सुवेदीलाई
काठमाडौं, १८ असार । नेपाल पुनर्बीमा कम्पनीको कामकाजी अध्यक्षको जिम्मेवारी पुरुषोत्तम सुवेदीलाई दिइएको छ। मन्त्रीस्तरीय बैठकले अर्को व्यवस्था नभएसम्मको लागि सुवेदीलाई कामकाजी अध्यक्षको जिम्मेवारी दिएको हो ।
कम्पनीका अध्यक्ष महेश गुरागार्ईको कार्यकाल असार १४ गते सकिएको हो ।