सैपाल ग्याँसले ४० वटा डिलरमार्फत ग्यास बजारमा पठाउन थाल्यो
काठमाडौं, २० असार । देशभर ६ स्थानमा ग्याँस उद्योग सञ्चालन गरिरहेको एभरेष्ट गु्रपले सुदुरपश्चिमा कैलालीको अत्तरियामा थप अर्को उद्योग सञ्चालनमा ल्याएको छ । गोदावरी नगरपालिका–१, स्थापना गरिएको सैपाल ग्याँस उद्योग सञ्चालनमा आएसँगै उत्पादित सिलिण्डर मंगलबारबाट बजार पठाउन थालेको छ। तत्कालका लागि ४० वटा डिलरमार्फत सिलिण्डरहरु बजारमा पठाउन सुरु गरिएको सैपाल ग्याँस प्रालिका प्रस्तावित अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
सञ्चालनको तयारीमा रहेको यो उद्योग यसअघिका पाँच जना सञ्चालकबाट एभरेष्ट गु्रपले हालै किनेको हो । १८ करोडमा किनेको उद्योगको लगानी बढाएर अहिले ३० करोड पु¥याइएको प्रस्तावित अध्यक्ष घिमिरेले जानकारी दिए । दैनिक १० हजार वटा सिलिण्डर ग्याँस उत्पादन क्षमता रहेको यो उद्योग ४३ कठ्ठा जमिनमा फैलिएको छ । यहाँ ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
आवश्यकता परे दैनिक ८ घण्टाभन्दा बढी सञ्चालन गरे उत्पादन अझ बढ्ने बताइएको छ । सुदूरपश्चिमका नौ वटै जिल्ला, कर्णाली प्रदेशका १० जिल्ला र ५ नम्बर प्रदेशका दुई जिल्ला उद्योगको सेवा क्षेत्रको रुपमा रहने अध्यक्ष घिमिरेले बताए ।
अहिले देशभर मासिक करिब २७ लाख सिलिण्डर खपत हुने गरेकोमा एभरेष्ट गु्रपले मात्रै मासिक १० लाख सिलिण्डर उत्पादन र बिक्रीवितरण गर्दै आएको सैपाल ग्यास प्रालिका प्रस्तावित अध्यक्ष घिमिरेले बताए । सैपाल सञ्चालनमा आएसँगै सुदूरपश्चिममा ग्याँस उद्योगको संख्या दुई पुगेको छ । सेवामुखी व्यवसाय भएकाले उपभोक्ताको सुविधालाई ध्यानमा राखेर दुर्गम क्षेत्रमा पनि ग्याँस सिलिण्डर पु¥याइने कम्पनीले जनाएको छ ।