Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत सम्पन्न

गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत सम्पन्न

काठमाडौं, २३ असार । बहुप्रतीक्षित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवका आयोजना मध्ये गौतमबुद्ध विमानस्थल नै पहिलो आयोजनाको रुपमा निर्माण सम्पन्न हुने तयारीमा पुगेको हो । आयोजनाका अनुसार अहिले रनवे लाईट जडानको काम अन्तिम चरणमा पुगेको छ भने टर्मिनल भवनमा एयर कण्डिसन तथा अन्य उपकरण जडान सम्बन्धी कार्य जारी छ । बन्दाबन्दीकै बीचमा करिव पाँच करोड रुपियाँ मुआब्जा वितरणमा खर्च भएको आयोजनाले जनाएको छ । विमानस्थल निर्माणमा अहिले २९ चिनियाँसहित २७५ चिनियाँ कामदार खटिएका छन् ।
बन्दाबन्दी भएपछि करिव एक महिना भने विमानस्थल निर्माणको काम पुरै रोकिएको थियो । तर राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले काम अगाडि बढाउन निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा निर्माण कम्पनीले कामलाई साढे दुई महिनादेखि निरन्तरता दिएको छ ।
चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले सन २०१४ डिसेम्बर ३१ मा छ अर्व २२ करोड ५१ लाख २० हजार दुईसय २७ रुपियाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएको थियो । सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सुरुको सम्झौता थियो ।

एसियाली विकास बैंकको क्रृण सहयोगमा निर्माण भैरहेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा ठूलो हुने छ । जुन ७८७ बिघा क्षेत्रफलमा निर्माण भैरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x