Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

हिमालयन बैंकका सीईओ अशोक राणाको कार्यकाल थपियो

हिमालयन बैंकका सीईओ अशोक राणाको कार्यकाल थपियो

काठमाडौं, २३ असार । हिमालयन बैंकको सञ्चालक समितिले अशोक शमशेर राणालाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । राणा हिमालयन बैंकमा लामो समयदेखि सीईओ छन् । बैंक तथा वित्तिय संस्था ऐन (बाफिया) ले दुई कार्यकाल भन्दा बढी एकै बैंक तथा वित्तिय संस्थामा सीईओ हुन रोक लगाएको छ ।
बाफिया २०७३ सालमा लागू भएपछि दुई कार्यकाल भन्दा बढी एकै बैंकमा सीईओ हुन रोक लगाइएको हो । बाफिया लागू भएयता राणाले एक कार्यकाल मात्र पुरा गरेकाले उनलाई पुनः नियुक्तिमा कुनै अवरोध नभएको निष्कर्षका आधारमा राणालाई सञ्चालक समितिको सोमबारको बैठकले अर्को कार्यकालका लागि सीईओ नियुक्त गरेको हो । हिमालयन बैंकको सञ्चालक समितिमा कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतम अध्यक्ष छन् ।
बैंक तथा वित्तिय संस्था कानुन पनि अहिले संशोधनको क्रममा रहेको छ ।
राणाको बैंकिङ करियरमा लामो अनुभव छ । उनी लामो समयदेखि हिमालयन बैंकको सीईओ छन् । राणा नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाका सुपुत्र हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x