Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

चौतारी र आरम्भ लघुवित्तले एकीकृत कारोबार थाले

चौतारी र आरम्भ लघुवित्तले एकीकृत कारोबार थाले

काठमाडौं, २२ असार । चौतारी र आरम्भ लघुवित्तले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै कम्पनी १ः१ अनुपातमा मर्ज भएपछि आज बनेपामा आयोजित एक कार्यक्रमको बीच एकीकृत कारोबारको सुरुवात गरेका हुन ।

दुवै संस्थालाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । मर्जर पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था नाम रहनेछ । केन्द्रीय कार्यालय बनेपा नगरपालिकामा रहनेछ ।

यसअघि चौतारीको रुपन्देहीको बुटवलमा र आरम्भको काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको थियो । दुवै कम्पनीको पुस ९ गते सम्पन्न सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो ।

मर्जपश्चात लघुवित्तको चुक्ता पूँजी २४ करोड ६० लाख रुपैयाँ छ । शाखा संख्या पनि ७६ पुगेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x