Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सेयर बजारमा देखिएको उत्साहले लगानीकर्तामा मनोवैज्ञानिक त्रास कम

सेयर बजारमा देखिएको उत्साहले लगानीकर्तामा मनोवैज्ञानिक त्रास कम

काठमाडौं, २२ असार । सोमबार सेयर बजारमा उत्साह देखिएको छ । कारोबार रकम र नेप्से परिसूचक दुबैमा सुधार भएको छ ।

नेप्से ३३.२७ अंकले बढेर १२९८.७३ को बिन्दुमा पुगेको छ। कारोबार पनि १ सय ७६ कम्पनीको ९२ करोड ७८ लाख रुपैयाँ बढीको भएको छ ।

लकडाउनको कारण लामो समय बन्द भएर बजार खुल्दा उत्साही बनेका लगानीकर्ताहरु बजारको अस्वभाविक घटबढले चिन्तित थिए । तर पछिल्ला कारोबारले बजार क्रमशः सकारात्मक बाटोमा लागेको उनीहरुको अुनभव छ । बजार निकै तल जाने हो की भन्ने मनोवैज्ञानिक त्रास उनीहरुमा थियो ।

सोमबार कारोबारमा आएका १२ समूह मध्ये म्यूचुअल फन्ड समूहको उपसूचक मात्र घटेको छ । अन्य सबै समूहमा सुधार देखिएको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक २ सय ७४ अंकले र जीवन बीमा समूहको २ सय ६४ अंकले सुधारिएको छ।

सबैभन्दा धेरै कारोबार भने नेपाल पुनर्बीमा कम्पनीको भएको छ। कम्पनीको १४ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x