मिर्मिरे लघुवित्तको एफपिओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट
काठमाडौं, २४ असार । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेको एफपिओमा निष्काशन ताथ विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ । मिर्मिरे लघुवित्तको बनेपास्थित रजिष्टर्ड कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई जिम्मेवारी दिइएको हो ।
एसबिआई मर्चेण्टको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।