Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

लुम्बिनी जनरल इन्स्योरेन्सको ८.१२५ प्रतिशत बोनस शेयर पारित

लुम्बिनी जनरल इन्स्योरेन्सको ८.१२५ प्रतिशत बोनस शेयर पारित

काठमाडौं, २४ असार । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ८.१२५ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरको कर प्रयोजनका लागि ०.४०६ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । बुधबार सम्पन्न १५ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफाको ८.१२५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय पारित गरेको हो । उक्त बोनस वितरण पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १४ करोड १८ लाख रुपैयाँ पुग्ने छ ।

सभाले सञ्चालकको संख्या घटाउँने प्रयोजनका लागि नियमावलीको नियम ८(२) संशोधन गर्ने निर्णय पारित गरेको छ भने प्रबन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशनअनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।

हाल यस कम्पनीले ४ वटा क्षेत्रीय कार्यालय, २१ वटा शाखा कार्यालय र २० वटा उप–शाखा कार्यालयहरुबाट निर्जीवन बीमा सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x