Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

आइडियल यमुना सहकारीद्वारा राहत वितरण

आइडियल यमुना सहकारीद्वारा राहत वितरण

काठमाडौं, २५ असार । सुकेधारामा रहेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले अति विपन्न र अशक्त परिवारलाई राहत वितरण गरेको छ ।

जिल्ला सहकारी संघ काठमाडौंको संयोजनमा बुढानिलकण्ठ नगरपालिकामा बसोबास गर्ने २० घर परिवारलाई खाद्यन्न राहत वितरण गरिएको हो । बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर ४, ५ र ६ मा बासोबास गर्ने अति विपन्न र अशक्तहरुलाई प्रति परिवार एक बोरा चामल, पाँच केजी दाल, दुई लिटर तेल, पाँच प्याकेट नुनलगायतको खाद्यन्न वितरण गरिएको संस्थाका अध्यक्ष क्वायङ लामाले बताए ।

कोरोना भाइरस(कोभिड १९) का कारण समस्यामा परेका दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई संस्थाले खाद्यन्न सहयोग गरेको हो । संस्थाले कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित रहन आफ्ना सदस्य तथा समुदायमा मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामाग्री पनि वितरण गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x