Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बाढीले बाह्रबिसेमा ठूलो मानवीय र भौतिक क्षति

बाढीले बाह्रबिसेमा ठूलो मानवीय र भौतिक क्षति

काठमाडौं, २५ असार । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका जम्बुमा बाढी र पहिरोले १५ घरहरु बगाएको छ । अबिरल वर्षासँगै आएको बाढी र पहिरोका कारण २ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् ।
स्थानीय खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुलसँगै अरनिको राजमार्गको ४० मिटर जत्ति सडक बगाएको जानकारी छ । घटनामा घाइते भएकाको उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ पठाइएको छ ।
सिन्धुपाल्चोकमा वर्षेनीजसो बाढीको कहरले ठूलो मानवीय भौतिक क्षति ल्याइएको छ । २०७१ सालको जुरे पहिरोले सिन्धुपाल्चोकमा अहिलेसम्मकै सबैभन्दा विनाशकारी क्षति पुर्याएको थियो । पहिरोका कारण नदी र खोला थुनिदा पानी जमेर ताल फुट्दा अझै बढी क्षति हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x