Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अजोड इन्स्योरेन्सको आइपीओ बिक्री खुला

अजोड इन्स्योरेन्सको आइपीओ बिक्री खुला

काठमाडौं, २५ असार । अजोड इन्स्योरेन्सको बिहीवारदेखि आईपीओ बिक्री खुला भएको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

कुल कित्तामध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी २७ लाख ३० हजार सार्वजनिक निष्कासन मार्फत बिक्री खुला गर्न लागेको हो ।

उक्त कम्पनीको आईपीओ खरीद गर्न चाहनेले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपिओ बिक्रीको समय छिटोमा असार २९ गते र ढिलोमा साउन ८ गतेसम्म तोकिएको छ। विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x