राष्ट्रिय वाणिज्य बैंकद्वारा उर्जा बचत गर्ने कम्पनीलाई अनुदान रकम हस्तान्तरण
काठमाडौं, २९ असार । राष्ट्रिय वाणिज्य बैंकले उर्जा बचत गर्ने कम्पनीहरुलाई अनुदान रकम हस्तान्तरण गरेको छ । बैंकले जर्मन सरकारको सहयोगमा सञ्चालित ‘ईनर्जी ईफिसेन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोगमा उक्त रकम सोमबार हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रमअन्र्तगत अशोक स्टील इन्डस्ट्रिज प्रा.लि.लाई १ करोड रुपैंया, सीताराम गोकुल मिल्क्स लाई २० लाख १ हजार १ सय ३१ रुपैयाँ, गोइन्का स्टील प्रा.लि.लाई ५ लाख ६० हजार ४ सय रुपैयाँ अनुदान दिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । उनले अन्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.०७ प्रतिशत कम भएकाले कर्जा सुविधा लिन पनि आव्हान गरे ।
नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘ईनर्जी ईफिसेन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यन्वयनको लागि ‘परियोजना कार्यकारी एजेन्सी (पीईए)को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ ।