Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

घुस लिने इन्जिनियरलाई नगरपालिकाले गर्यो बर्खास्त

घुस लिने इन्जिनियरलाई नगरपालिकाले गर्यो बर्खास्त

काठमाडौं, १ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ३१ गते १ लाख घुस सहित पक्राउ गरेका ईन्जिनियर मिलन अधिकारीलाई ढोरपाटन नगरपालिकाले बर्खास्त गरेको छ । नगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै साउन १ गतेका दिनदेखि लागु हुने गरी उनलाई पदमुक्त गरिएको जानकारी दिएको छ ।

अधिकारी गत जेठ ५ गतेदेखि नगरपालिकामा ईन्जिनियरको रुपमा कार्यरत थिए । उनलाई पोखरा महानगरपालिकाको जिरो कि.मि.बाट अपभोक्ता समितिबाट १ लाख रुपैयाँ लिँदै गर्दा अख्तियारको टोलिले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

त्यस्तै यो घटनामा नगरपालिकाका कुनै पनि कर्मचारी र पदाधिकारीहरुको संलग्नता नभएको नगरपालिकाले स्पष्ट पारेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x