यति र तारा एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृतमा रिमाल

काठमाडौं, १ साउन । यति र तारा एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अनोज रिमाल नियुक्त भएका छन् । रिमाल चार वर्षका लागि सिइओमा नियुक्त भएका हुन् ।

उनी उड्डयन क्षेत्रमा दुई दशकदेखि संलग्न छन्। रिमालले एमबिए गरेका छन्।

यति समूहले यति र तारा दुई भिन्दाभिन्दै कम्पनीमार्फत आन्तरिक उडान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *