गभर्नर अधिकारीको पहिलो मौद्रिक नीति आज
काठमाडौं, २ साउन । आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति आज सार्वजनिक गरिदै छ। गभर्नर महाप्रसाद अधिकारीले ल्याउन लागेको यो पहिलो मौद्रिक नीति हो ।
मौद्रिक नीतिको सम्पूर्ण तयारी पूरा भइसकेको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
मौद्रिक नीतिले कोरोना संक्रमणले प्रभावित अर्थतन्त्रको पुनरुत्थानलाई पहिलो प्राथमिकता दिएको छ । यसका साथै तरलता तथा बजार बिस्तारका लागि नीतिगत सहुलियत दिइने बताइएको छ ।
त्यस्तै, नीतिले ऋण तिर्ने भाका सार्नुका साथै पर्यटन, सार्वजनिक यातायात लगायत साना तथा मझौला उद्यमका लागि ब्याज दरमा सहुलियत दिइने स्रोतले जनाकारी दिएको छ ।