रायालाई श्रम र बस्याललाई सञ्चार सचिबको जिम्मेवारी
काठमाडौं, ६ साउन । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा तोयम राया र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरि बस्याललाई ल्याएको छ ।
सोमबारको मन्त्रीपरिषद् बैठकले रायालाई श्रम बस्याललाई सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि बस्याल गण्डकी प्रदेश र राया बाग्मती प्रदेशको मुख्यसचिवका रुपमा कार्यरत थिए ।