राष्ट्रिय वाणिज्य बैंकको सम्पूर्ण कर्जाको ब्याजदर एकल अंकमा
काठमाडौं, ८ साउन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर ७ गतेदेखि एकल अंक (Single Digit)मा हुनेगरी तोकेको छ । बैंकले यही बुधबारदेखि लागू हुने गरी नयाँ तथा पुराना ग्राहकका लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशत मात्रै हुनेगरी तोकेको छ । हाल बैंकको आधारदर ६.०७ प्रतिशत रहेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।