Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख २५ हजारसम्म पुग्ने आकलन

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख २५ हजारसम्म पुग्ने आकलन

काठमाडौं, ८ साउन । बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार ५ सयले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै चाँदीको मूल्य पनि तोलाको १० रुपैयाँले बढेर ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

किन बढिरहेको छ सुनको मूल्य ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका नेपालमा सुनको मूल्य बढ्नुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारको प्रभाव हो । अझ त्यसमा पनि पछिल्लो समय चीन र अष्ट्रेलियाबीचको बिवादले काम गरेको छ । अर्को अमेरिकी सरकारले कोरोनाको त्रासले आफ्ना नागरिकलाई घरमै बस्न लगाएर पनि दैनिकी चलाउन पैसाको अभाव हुन नदिएकाले त्यसको प्रभाव सुनमा परेको हो ।

त्यस्तै व्यवसायीहरु अहिले कोरोनाका कारण नयाँ क्षेत्रमा लगानी गर्न उत्साहित देखिँदैनन्। व्यवसायीले अहिले सुनमै आफ्नो लगानी सुरक्षित गर्न केन्द्रित भएकाले माग बढेको बताइन्छ ।

मूल्य बढ्दा खरिद–बिक्री शून्य

सुनको मूल्य उकालो चढेपनि बजारमा खरिद–बिक्रीको चाप भने शून्य छ। शाक्यका अनुसार खरिद–बिक्री कुनै पनि उत्साहजनक छैन । कोरोनाले व्यापार व्यवसाय ठप्प हुँदा घर खर्च लगाउनै मुश्किल हुने बाहेक अरुले सुन बेच्न कुनै चासो नदेखाएको उनले बताए । कोरोनाले व्यापार व्यवसाय ठप्प भएको र मूल्य समेत बढेकाले बजारले खरिदको चाप खेप्न सक्दैन की भन्ने चिन्ता भएपनि त्यसो नभएको उनले बताए ।

मूल्य अझै बढ्ने

जानकारहरुले सुनको मूल्य अझै बढ्ने अनुमान गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा साउन भित्रै प्रतिऔस २ हजार रुपैयाँ सम्म पुग्ने अनुमान गरेको छ । त्यसो अवस्थामा नेपालमा सुनको मूल्यले १ लाख माथि जाने छ । अझ अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरुले ३ महिना भित्रै प्रतिऔस २१, २२ सय डलर पुग्ने अनुमान गरेको छन् । अन्तर्राष्ट्रिय बजारमा त्यसरी मूल्य बढ्दा दशै, तिहारको समयमा नेपालमा सुन तोलाको १ लाख २५ हजार रुपैयाँ सम्म पुग्ने अनुमान पूर्वअध्यक्ष शाक्यले गरे । अवको दुई तीन महिना भित्रमा सुनले उक्त लक्ष्य भेट्टाउने अनुमान छ ।

विश्वभरि नै सुनलाई नगद जस्तै सम्पती मान्ने हुनाले आफ्नो सम्पती सुन वा डलरमा संचय गर्न खोज्छन् भन्ने मान्यता छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x