Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

डब्लूएचओ भन्छ–‘कोरोनाविरुद्धको खोप २०२१ सम्म सम्भाव छैन’

डब्लूएचओ भन्छ–‘कोरोनाविरुद्धको खोप २०२१ सम्म सम्भाव छैन’

काठमाडौ., ८ साउन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्धको खोप प्राप्त हुन अझै समय लाग्‍ने र संक्रमणसँग लड्नका लागि धेरै काम गर्न बाँकी रहेको जनाएको छ । कोरोना भाइरसविरुद्धको सम्भावित खोप मानवीय परीक्षणमा सकारात्मक नजिता आउनु अति उत्साहजनक र खुसीको कुरा रहेपनि खोप प्राप्त गर्न अझै समय लाग्ने जनाएको छ।

डब्लूएचओको आपतकालीन कार्यक्रमका निदेर्शक डा. माइक रायनले २१ जुलाईमा कोरोना भाइरसविरुद्धको सम्भावित खोपमा काम गरिरहेका अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई सकारात्मक नतिजाका लागि बधाई दिए ।

तर उनले कोरोना भाइरसको खोप बनाउन लागेका शोधकर्ताहरुलाई सफलता प्राप्त भइरहे पनि सन् २०२१ को सुरुवातभन्दा अगाडि खोप निर्माणको सम्भावना नरहेको बताए । उनले खोप उत्पादनमा ढिलाइ भए पनि खोपको सुरक्षा मानकमा कुनै कमी गर्न नहुनेमा जोड दिए ।

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहान बहरबाट सुरु भएको नोभेल कोरोना भाइरसको महामारीका कारण विश्वले ठूलो क्षति व्यहोर्नु परेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x