Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

ट्राफिक नियम र सामाजिक दूरि कायम नगर्नेलाई कारबाही गरिने

ट्राफिक नियम र सामाजिक दूरि कायम नगर्नेलाई कारबाही गरिने

काठमाडौं, ८ साउन । ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम र सामाजिक दूरि कायम गर्ने कार्यलाई कडाई गर्ने जनाएको छ । लकडाउन खुलागरेसँगै सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो जनाएको हो ।

लकडाउन खुले पनि कोरोना भाइरसको संक्रमण हुने जोखिम कायम नै रहेकोले आम सडक प्रयोगकर्ताहरूलाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयनका लागि विशेष ट्राफिक प्रहरीहरूको टोली परिचालन गरेको महाशाखाले जनाएको छ । उक्त टोलीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरे, नगरेको, चालक र यात्रुले मास्क लगाए, नलगाएको, तोकिएको भाडादर लिए, नलिएको, ५० प्रतिशत मात्र यात्रु राखे, नराखेको अनुगमन गर्ने र नियमानुसार नभए कारबाही गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

उपत्यकाका २९ स्थानमा चेकप्वाईन्टका साथै बसपार्क, बसबिसौनी र विशेषगरी गुडिरहेको सार्वजनिक सवारीलाई विशेष अनुमगन गर्ने उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x