Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

जुनसुकै एटीएम प्रयोग गर्दा पनि शुल्क नलाग्ने

जुनसुकै एटीएम प्रयोग गर्दा पनि शुल्क नलाग्ने

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले एउटा बैंक तथा वित्तिय संस्थाले जारी गरेको एटीएम कार्डबाट देशभित्र अर्को जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा पनि शुल्क लिन नपाइने व्यवस्था गरेको छ । भुक्तानी प्रणाली विभागले परिपत्र जारी गरी जुनसुकै बैंक वित्तिय संस्थाको कार्ड प्रयोग गरी अर्को बैंक तथा वित्तिय संस्थाको एटीएम प्रयोग गर्न सकिने व्यवस्था गरेको हो ।

बैंकहरुले लकडाउनको समयमा यो अभ्यास गरेका थिए । जुनसुकै बैंकको एटीएम प्रयोग गर्न मिल्ने व्यवस्थाले ग्राहकहरुले आफ्नो नजिकको एटीएम बिना शुल्क प्रयोग गर्ने अवसर पाएका थिए । बैंकहरुले लकडाउनपछि यो व्यवस्था हटाएका थिए । तर मौद्रिक नीति, २०७७–७८ ले यो प्रावधान घोषणा गरेलगत्तै केन्द्रीय बैंकले सर्कुलर जारी गरी यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x