Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

क्रिएशन र कोका-कोलाद्वारा सफाइकर्मीलाई सहयोग कार्यक्रम सम्पन्न

क्रिएशन र कोका-कोलाद्वारा सफाइकर्मीलाई सहयोग कार्यक्रम सम्पन्न

काठमाडौं, ७ साउन । क्रिएशन र कोका-कोला नेपालले सफाईकर्मीहरुका लागि राहत प्रदान गर्ने प्रयास सफलतापूर्वक सम्पन्न गरेका छन्, जसअन्तर्गत देशभरका ३२१२ सफाईकर्मीलाई सुरक्षा सामग्री, राशन प्याकेज प्रदान गर्दै सुरक्षा जागरुकता कार्यक्रम सञ्चालन गरिएको आयोजक संस्थाहरुले बताएका छन् । कोभिड-१९ महामारीमा अग्रपक्तिमा खटिएका सफाईकर्मीहरुलाई सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न प्रतिकृयाको रुपमा क्रिएशन र कोका—कोला नेपालको संयुक्त पहलमा सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट जेठ २ गतेबाट शुरु गरिएको कम्पनीहरुद्ववारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसअन्तर्गत अन्तिम चरणको वितरण कार्यक्रम सिराहमा सम्पन्न भएको र ३७० सफाईकर्मीलाई गुणस्तरीय राशनको ३०० प्याकेज, औषधी, जागरुकता सामग्री र ग्लभ्स, बुट, पीपीई लगायत सुरक्षा सामग्रीहरु वितरण गरिएको आयोजक कम्पनीहरूले जानकारी दिएका छन् । राहत वितरणका साथै चिकित्सा परामर्श र सामान्य स्वच्छता जागरुकता समेत प्रदान गरिएको उक्त कार्यक्रम सो क्षेत्रका स्थानीय सरकारी अधिकारीहरुको उपस्थितिमा आयोजना गरिएको कम्पनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसबाहेक, टोलीले भक्तपुर अस्पतालको आइशोलेशन वार्डमा कार्यरत सफाईकर्मीका लागि अस्पताल जागरुकता सत्र आयोजना गरेको छ । उक्त जागरुकता सत्र टोलीका चिकित्सा अधिकारी डा. निमेश खनालको नेतृत्वमा ३० भन्दा सफाईकर्मीहरुलाई प्रदान गरिएको थियो ।
यस परियोजनाको लक्ष्य कोभिड-१९ महामारी विरुद्ध लड्ने र नेपालभरका ३२०० सफाईकर्मीलाई सकारात्मक लाभ प्रदान गर्ने रहेको थियो । यस परियोजना अन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, पर्सा, सप्तरी र सिराह जिल्लामा वितरण कार्यक्रम सम्पन्न भइसकेको बताइएको छ । उक्त टोली हाल अनुगमन र परियोजना कार्यान्वयनको प्रभावहरु र यस परियोजनाबाट कत्ति लाभार्थीहरु लाभान्वित भए भन्ने बुझ्न लागी परेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x