Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

३२ वर्षपछि शुरू हुँदै कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन

३२ वर्षपछि शुरू हुँदै कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन

सुर्खेत, १८ साउन । ३२ वर्षको प्रयासपछि कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन निर्माणको काम शुरू हुने भएको छ । लामो प्रयासपछि गत असार २२ गते आयोजना र भारतीय निर्माण कम्पनी ‘आरएस इन्फ्राप्रोजेक्ट प्राइभेट लिमिटेड’सँग २ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी रू. ७० करोडमा सम्झौता भएको हो ।
उक्त सम्झौतासँगै कोहलपुरदेखि सुर्खेतसम्म जोड्ने विद्युत् प्रसारण लाइन विस्तारका लागि काम अगाडि बढ्ने भएको छ । अब निर्माण कम्पनीले विद्युत् लाइन प्रसारणका लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरीदलगायत सम्पूर्ण काम अबको दुई वर्षभित्र गरिसक्नु पर्नेछ ।
आयोजनाका प्रमुख रविकुमार चौधरीले पहिलो चरणमा इकाउन्टिङ र लाइन विस्तार गर्ने क्षेत्रमा रहेका रुख कटान लगायत कामहरू बताए । २०४५ सालमै १३२ केभीए प्रसारण लाइन सुर्खेतसम्म ल्याउने प्रयास गरिएको थियो । तर लामो समयसम्म विद्युत् लाइन विस्तार हुन सकेको थिएन ।
तोकिएकै समयमा १३२ केभीए लाइन विस्तार भएमा यस क्षेत्रको विद्युत् आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । साथै अहिलेको लो–भोल्टेजको समस्या पनि समाधान हुने बताइएको छ । लाइन विस्तार नभएकै कारण सुर्खेत, सल्यान, रूकुमपश्चिम, जाजरकोट र दैलेखका नागरिकले लो–भोल्टेजका कारण हैरानी भोग्दै आएका छन् । आयोजना सम्पन्न भएपछि कर्णाली प्रदेशलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x