Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

नबिल बैंक दोस्रो पटक पनि यूरोमनीद्वारा ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

नबिल बैंक दोस्रो पटक पनि यूरोमनीद्वारा ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

काठमाडौं, १८ साउन । बेलायतको प्रतिष्ठित प्रत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ (Nepal’s Best Bank) द्वारा पुरस्कृत गरेको छ ।
समकालीन बैंकहरुमध्ये बदँलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धि लगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ । नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ट ठहर गर्दै यूरोमनीले पुरस्कृत गरेको बैंकद्वारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ ।
सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ । ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ले प्रत्येक वर्ष अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आएको छ ।
सन् १९८४ देखि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x